सलमानको ‘विग बोस’ को पारिश्रमिक तिन सय चौसठी करोड
Posted on: Sep 16, 2018

भारतीय टिभि च्यानल कलर्समा प्रशारण हुने रियालिटी शो विग बोसको १२ औं सिजन शुरु हुँदैछ । यो शो को होस्ट बलिउडका सुपर स्टार सलमान खान हुन् । सलमान खानकै कारण शोको टिआरपी बढेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार टिआरपी बढेकाले सलमानले प्रत्येक एपिसोडको १९ करोड रुपैयाँ मागेका थिए । तर उनले मागे जति भने नपाउने भएका छन् ।

कार्यक्रम म्यानेजमेन्टले उनलाई १४ करोड भारु प्रत्येक एपिसोडको दिने गरी मनाएको बताइएको छ । यो शो जम्मा १३ एपिसोडमा चल्छ । सलमानले यो शोबाट मात्र ३६४ करोड भारु कमाउने बताइएको छ । विग बोस १२ मा २१ सहभागी हुने बताइएको छ । यी मध्ये धरैको छनोट भइसकेको छ ।

Source: www.celebritynepal.com

Comments