जन्माष्टमी उत्सवमा सम्पन्न, २ सय ५० बढी सम्मानित
Posted on: Sep 20, 2018

रोसन अधिकारी असोज ३ पोखरा । विश्व हिन्दु महासंघ कास्कीले श्री कृष्ण जन्माष्टमी उत्सवलाई सहयोग गर्ने सहयोगीलाई बुधबार पोखरामा एक कार्यक्रमका विच सम्मान गरेको छ । महासंघ कास्कीले जन्माष्टमी पर्वका अवसरमा पोखरामा निकालीएको र्यालीलाई व्यवस्थीत बनाउन आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगीहरुलाई केदारेश्वर महादेवमणीका पिठाधीश तथा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा लेखनाथ आचार्यले सम्मानपत्रद्वारा सम्मान गरे ।

कार्यक्रममा जन्माष्टमी उत्सवलाई सम्पन्न गर्न सहयोग गर्ने झण्डै दुई सय ५० बढी संस्था तथा व्यक्तिलाई सम्मान गरिएको महासंघ कास्की जिल्ला कार्यसमितिका उपाध्यक्ष पार्वता पौडेलले जानकारी दिइन । कार्यक्रममा सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रविन्द्र माकाजु, ताओ धर्मका अध्यक्ष आनन्द दाहाल, कार्यसमिति सदस्य जगन्नाथ कोईराला, समाजसेवी लिलाभक्त बराल लगायतले धर्मको संरक्षण गर्दै धार्मिक कार्यक्रमलाई सेवामुलक कार्यक्रमका रुपमा समेत अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए । महासंघ कास्कीका अध्यक्ष शंकर खरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष पार्वता पौडेलले गरेकी थिइन । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भानु भण्डारी क्षितिजले गरेका थिए ।

Comments