निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’ को नयाँ गीत सार्बजनिक (भिडियो)
Posted on: Sep 24, 2018

निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’ को नयाँ गीत सार्बजनिक गरिएको छ । ए कान्छा मलाई…बोलको पुरानो गीतलाइ रिमेक गरिएको छ अरुणा लामा र रुद्र गुरुङको ओरिजिनल स्वर रहेको गीतलाइ चलचित्रमा यश कुमार र सुनिता थेगिमले गाएका छन् सार्बजनिक गीतको भिडियोमा यश कुमार र कामना भुजेल लाइ फिचर्ड गरिएको छ ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्रको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । यसै चलचित्रबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् । चलचित्रमा यश कुमार,निमा रुम्बा,कामना भुजेलको मुख्य अभिनय रहेको छ।

Source : www.celebritynepal.com 

Comments