​पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला
Posted on: Sep 25, 2018

प्रदिप पौडेल 
पोखरा, असोज ९ ।
पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दीभुम्दीमा बालिका मृत अवस्थामा भेटिएकी छिन् । सोमबार अपरान्ह साढे ५ बजे सम्पर्क्हिीन भएकी १० वर्षीया बालिका श्रीया बिकको शव आज बिहान  भेटिएको हो ।
उनको शव कोदी स्थित घर नजिकै भेटिएको स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।  वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले घटना वारे अनुसन्धान गरीरहेको वताउनु भयो । सुनार स्थानिय लिला आधारभूत मावि कक्षा ३ मा अध्ययनरत छात्रा हुन । विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी बालिकाको वारेमा अनुसन्धान गरीरहेको   प्रहरीले जनाएको छ ।

Comments