श्रेयालाई बलात्कार पछि हत्या गर्ने आफ्नै छिमेकी कुसुम पौडल
Posted on: Sep 26, 2018

पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् । कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्विकार गरिसकेका छन् । रक्सी र गाँजाको सुरमा यस्तो काम भएको उनले बयान दिएका छन् । यद्यपी, जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे दिउँसो पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने बताएको छ। वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले अपराधी पत्ता लागिसकेको पुष्टी गरे । ‘१३ घण्टा नबित्दै अपराधी पत्ता लगाउनु कास्की प्रहरीको सफलता हो,’ बिहान ३ बजे सम्पर्क गर्दा उनले भने– ‘थप कुरा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनेछौं ।’

मंगलबार बिहान शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । उक्त कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो । त्यसैले प्रहरी छिमेकी नै संलग्न भएको निचोडमा पुगिसकेको थियो । घटनास्थलबाट श्रीयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ ।

Comments