​मानव मिलन सम्मेलन पोखरामा सम्पन्न
Posted on: Sep 30, 2018

रोशन अधिकारी

असोज १३ पोखरा ।

अन्तराष्ट्रिय मानव मिलन सम्मेलन पोखरामा शनिबार सम्पन्न भएको छ । शिक्षा स्वास्थ्य र सेवा भन्ने मूल नाराका साथ स्थापित संस्थाको सम्मेलन मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा। मणिभद्र मुनिजी महाराजको सानिध्यतामा पोखरामा सम्पन्न भएको हो । कार्यक्रममाको नेपाली सेनाका पूर्वसेनापति रुकमाङ्गद कटुवालले उद्घाटन गरे । उनले धर्मले बाटो देखाउने काम गर्ने जिकिर गर्दै, भाषाको सम्मान नहुने देशमा टेक्ने खुट्किलो नहुने बताए ।

मानिस जन्मिदा कुनै भाषा लिएर नजन्मने भएकाले मानव मानव एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका संस्थापक नेपाल केशरी डा। मणिभद्र मुनिजीले पछिल्लो समय हरेको धर्म, सम्वन्ध धन सम्पतीमा तुलना गरिएको पाइँदै जानु दुखद भएको भन्दै मानवले तोड्ने कुरालाई छाडेर जोड्ने कुरामा जोड दिए । सकारात्मक सोंच भएकाहरुबाट मात्रै राम्रो कुरा ग्रहण गर्न सकिने भन्दै व्यक्तिको आचरण सुधार्न आवश्यक रहेको बताए । कार्यक्रममा संसाद सुर्य बहादुर केसीले धर्म संस्कृति रक्षा स्वयम आफैले गर्नुपर्नेमा जोड दिँदै संस्थाले मानवताका क्षेत्रमा गरेका गतिविधी प्रसंसनीय रहेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, स्वतन्त्र पत्रकार संघका केन्दिय अध्यक्ष बरिष्ठ पत्रकार कृष्ण प्रसाद बास्तोला, मानव मिलन नारी जागरण काठमाण्डौंकी अध्यक्ष शान्ती ढकाल, मानव मिलन संस्था स्याङ्जाका अध्यक्ष नारायण प्रसाद पौडेल, मानव मिलन महिला विभाग पुना ललिता ओस्वान, ब्राह्मण समाज संस्थापक अध्यक्ष नारायण प्रसाद अधिकारी, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल, मानव मिलन संस्था पोखराका सदस्य गीता लामीछाने लगायतले बोलेका थिए । मानव मिलन महिला विभाग अध्यक्ष कुसुम जैनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अन्तराष्ट्रिय मानव मिलन सम्मेलन संयोजक सावित्री शर्माले गरेकी थिइन ।

Comments