कानुन कार्यान्वयनका लागि जनजागरण आवश्यक” अपराध जन्य घटना न्युनिकरणका लागि सचेतनात्मक अन्तरक्रिया
Posted on: Oct 07, 2018

पोखरा,२०,असोज ।

सामाजिक जागरणका लागि नारी अभियान नेपालको आयोजनामा शनिवार पोखरामा हत्या, हिंसा वलात्कार जन्य घटना न्यूनिकरणका लागि सचेतनात्मक अन्तरिक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले विश्वको त्लनामा नेपालको कानुन उत्कृष्ठ भएको जानकारी दिदै  कार्यान्वनयको लागी जनजागरण आवश्यक भएको वताउनुभयो । कार्यक्रममा वोल्ने वक्ताहरुले नेपालमा फासीको व्यवस्था नभएपनी फासीभन्दा उत्कृष्ट मृत्युसम्मको जेलसजाय रहेको उल्लेख गर्दै समाजमा यो या त्यो वहानामा घटना लुकाउन नहुने धारणा व्यक्त गरिएको थियो । कार्यक्रममा घटना घट्नुको शारिरिक, मानसिक, आध्यात्मिके विश्लेषण सहित सुरक्षा अवस्था र कानुनि व्यवस्थाका वारेमा समेत जानकारी गराइएको थियो । 
कार्यक्रममा वोल्दै पोखरा लेखनाथ महानगरपालीकाका मेयर मान वहादुर जिसीले महानगर पालीकाको शान्ति सुरक्षाका लागि टोलटोलमा सिसीटीभी राख्ने अभियान संचालन भएको जानकारी दिदै महानगरपालीका वाट भैरहेका कार्यक्रमका वारेमा जानकारी दिनुभयो । साथै समाजमा  शान्ति सुव्यवस्था कायम गर्न जनताको सहयोग विना जनप्रतिनिधी एक्लैले केही गर्न नसक्ने भन्दसमाज विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी चक्र वहादुर वुढाले कास्कीको शान्ति सुरक्षाको स्थितीका वारेमा बताउदै हरेक नागरिक वर्दी विनाका प्रहरी भएकाले प्रहरी प्रशासनलाई साथीको रुपमा सोच्न आग्रह गर्नुभयो ।साथै घटना घट्नेवित्तिकै प्रहरीलाई जानकारी दिनुपर्नेमा घटना लुकाउन नहुने संस्कारको विकास गर्दै विरोध र्याली भन्दा सचेतना मुलक कार्यक्रम राख्नु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै जिल्ला न्यायाधिवक्ता अर्जुन प्रसाद कोइरालाले नयाँ कानुनमा भएको व्यवस्था तथा हत्या, हिंसा तथा वलात्कार जन्य घटनाका सम्वन्धमा कानुनि व्यवस्था र  सजाय वारे जानकारी गराउनुभयो । साथै अन्तराष्ट्रिय कानुनका वारेमा समेत जानकारी गराउनुभएको थियो । 
त्यस्तै युवा चिन्तक माधव पहारीले घटना न्युनिकरणका लागि मानसिक तथा आध्यात्मिक विश्लेषण तथा समाजमा घटना घट्न नदिन नागरीकले खेल्नुपर्ने भुमीकाका वारेमा जानकारी गराउनुभएको थियो ।  त्यस्तै मनोचिकित्सक प्रा.डा निर्मल लामीछानेले कस्तो मानसिक अवस्था भएका व्यक्तिले अपराध गर्छन । मनोविश्लेषण सहीत समाजमा यस्तै सचेतना मुलक कार्यक्रम राख्नाले घटना न्युनिकरण हुनेमा जोड दिनुभयो । अभियन्ता तथा अधिवक्ता  सुष्मा पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा योग प्रशिक्षक लक्ष्मण पौडेलले योगको महत्व तथा महिला प्रहरी सेलका प्रमुख चन्द्रा गुरुङले महिला हिंसा घट्नुका कारणवारे वोल्नुभएको थियो । कार्यक्रममा लोचना अधिकारी, अधिवक्ता राजु अधिकारी, दुर्गा थापा, गिता गौतम, कार्यक्रम संयोजक शान्ती पौडेल लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए । 

Comments