​अन्तर विद्यालय क्रिकेटको उपाधी सिद्धार्थलाई
Posted on: Dec 08, 2018

मंसिर २२ स्याङ्जा ।
फेदीखोला क्रिकेट विकास समितिको आयोजनामा सम्पन्न अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी सिद्धार्थ मा वि फेदीखोलाले उचालेको छ । 


स्याङ्जाको फेदीखोला गाँउपालिकाको सहयोगमा सम्पन्न खेलमा आर्दश मा वि आरुखर्कलाई फाइनल खेलमा २४ रनले पराजित गर्दै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम भएको सिद्धार्थ मा वि. , द्धितिय आर्दश मा वि आरुखर्कलाई गाँउपालिकाका प्रमुख घनश्याम सुवेदीले पुरस्कार वितरण गरेका थिए ।  
प्रतियोगितामा गाँउपालिकाका १० वटा टिमको सहभागिता रहेको आयोजक समितिका उपाध्यक्ष पृथ्वी सुवेदीले जानकारी दिए । 

Comments