​पौडेल समाजद्वारा समाजसेवी गुरुङ सम्मानित
Posted on: Dec 22, 2018

पुस ७ पोखरा । पौडेल समाज–फेदीखोला, पोखराले समाजसेवी दिल बहादुर गुरुङलाई सम्मान गरेको छ ।


समाजले हालै इटालीको ‘भोक्सेभ’ नामक संस्थालबाट अन्तराष्ट्रिय भोलुन्टीयर अर्वाड–२०१८द्वारा सम्मानित गुरुङलाई आज (शनिबार) एक कार्यक्रमका विच सम्मान गरेको हो ।
सामाजिक काममा गुरुङले देखाएको क्रियाशिलताको कदर, प्राप्त अन्तराष्ट्रिय सम्मानले समग्र फेदीखोला–४ को मात्र नभई दक्षिण एसियाको नै सम्मान भएको भन्दै उनलाई सम्मान गरिएको समाजका सचिव कृष्ण पौडेलले जानकारी दिए ।

गुरुङलाई समाजका अध्यक्ष पण्डित ज्योतिष लिलाधर पौडेल, सचिव कृष्ण पौडेल, उपाध्यक्ष चिन्तामणी पौडेल लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै सम्मानित गुरुङले अर्वाडले समाज सेवामा लाग्न अझ प्रेरणा मिलेको बताए । उनले समाजले थालेका समाजसेवाका काममा आफूलाई सहभागी गराउन आग्रह गरे । फेदीखोला गाँउपालिकाको गलेममा जन्मेका गुरुङले जन्मथलोमा शिक्षा, स्वास्थ्य, मोटरबाटो, लगायतका विकासका क्षेत्रमा गरेका विषेश पहल उदाहरणीय रहेको समाजका कोषाध्यक्ष डिल्लीराम पौडेलले बताए ।

गुरुङलाई इटालीको रोममा गरिव तथा विकासोन्मुख राष्ट्रमा क्रियाशिल फोक्सिभ नामक संस्थाले २५ वर्ष पु्गेको अवसरमा गत मंसिर १३ गते सम्मान गरेको थियो ।

स्याङ्जाको फेदीखोला–४ स्थाई घर भई विभिन्न पेशा व्यवसाय गर्दै पोखरामा बसोवास गर्दै आएका समाजका सदस्यहरुले समाजमा विशेष योगदान गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिरुलाई सम्मान तथा हौषला समेत बढाउदै आइरहेको समाजका कोषाध्यक्ष डिल्लीराम पौडेलले बताए ।  

Comments