कालीकोटको न्यौषनेबस्तीमा भिषण आगलागी, ३० घर जले
Posted on: Dec 24, 2018

पुस ९ पोखरा । कालीकोटको खाँडा गाँउमा भिषण आगलागी भएको छ । 

पलाता गाउँपालिका-  १, खाडा गाउ स्थित न्यौपाने बस्तीमा विहान साढे २ बजेबाट भएको आगलागीका बाट विद्यालय सहित ८७ घर जलेर नष्ठ भएको स्थानियले जानकारी दिएका छन ।

सुख्खा क्षेत्रमा खरले छाएका घर भएकाले आगोले बढी क्षति र्पुयाएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।  आगलागीबाट मानवीय क्षति भने नभएको स्थानीयबासिन्दाले जनाएका छन् ।

सदरमुकामबाट झण्डै ३२ कोषको दुरीमा रहेको घट्नास्थलमा प्रहरी पठाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले जानकारी दिए । 

 

Comments