पृथ्वी जयन्तीको अवसरमा पोखरामा बृहद र्याली
Posted on: Jan 11, 2019

पुस २७  पोखरा । २९७ औँ पृथ्वीजयन्तीको अवसरमा  पोखरामा बृहद र्याली निकालिको  छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन अवसरमा पोखराको चिप्लेढुंगाबाट विभिन्न झाँकी सहितको बृहत र््याली प्रर्दशन गरिएको हो 

पृथ्वीजयन्ती संयुक्त मूल समारोह समितिले आयोजना गरेको र्याली मानवअधिकारचोक चिप्लेढुङ्गादेखि बाजागाजा र भजन चुड्कासहित हजारौंको संख्यामा पृथ्वीनारायण शाहअंकित रथयात्रा सहित पोखराको पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो भने सो अवसरमा पृथ्वीनारायण शाहअंकित अल्ट्रलाइटले पोखराको आकाश परिक्रमा गर्दै पुष्पबृष्टि समेत गरिएको थियो  ।

उनीहरुले नेपालको एकीकरण निर्मातालाई राज्यले उपेक्षा गरेको भन्दै निर्णय सच्चाउन समेत आग्रह गरेका थिए । देशमा लोकतन्त्र आए पनि पृथ्वीनारायण शाहले गरेको एकीकरण राज्य बिर्सन नहुने बताएका थिए ।

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसलाई भब्य रुपमा मनाउनका लगि  क्षत्री समाज, ब्राह्मण समाज, ठकुरी समाज, दशनामी समाज लगायत ११ वटा जातीय संघसंगठनले कार्यक्रमलाई भब्यरुपमा मनाउन  ऐकेबद्धता सहितको मूल आयोजक समिति गठन गरेका थिए ।  

पोखराको पृथ्वीचोकमा रहेको पृथ्वी नारायण शाहाको शालिकलाई तत्कालिन माओवादीले पृथ्वी नारायण शाहको शालिकको तालिक तोडेपछि सो ठाँउमा लखन थापाको सालिक राखिएको छ । सोही ठाँउमा पृथ्वी नारायण शाहको सालिक राख्न समेत माग गरेका छन । 

यसैबीच, ¥यालीका कारण पोखराको ट्राफिक व्यवस्था दिनभर अस्तव्यस्त भएको थियो । विगत वर्षमा भन्दा यसपालि पृथ्वीजयन्ती मनाउनेको सहभागिता बाक्लो थियो । 

 

Comments