पोखरामा वर्षाका कारण दिउसै अध्यारो
Posted on: Mar 31, 2019

चैत १७ पोखरा । केही दिनदेखी आएको मौषममा आएको परिवर्तनका कारण आज पनि पोखरामा दिउँसै वर्षा भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका साथ स्थानीय वायुको समिश्रणले मौसम बदली र वर्षा भएको हो । 
गत शुक्रबारबाट सुरु भएको मौषमी प्रणालीका कारण  दिउँसोको समयमा वर्षा हुन थालेको छ । आइतबार दिउँसो करिव साढे ३ बजेबाट वर्षासंगै पोखराको हेम्जा लगायत विभिन्न ठाँउमा असिना समेत परेको हाम्रा संवाददाताहरुले जानकारी दिएका छन । असिनाका कारण हिउदे तरकारी तथा फलफुलमा क्षति पुगेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भई पूर्व्तिर सरिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलिदेखि मौसममा क्रमशः सुधार हुँदै जाने मौसमविद बरुण पौडेलले बताए ।

Comments