साझा चौतारीको अध्यक्षमा पौडेल
Posted on: Apr 07, 2019

चैत २४ पोखरा । लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीको  लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा सावित्रा पौडेल निवार्चित भएकी छन । 

शनिबार क्लबको इलेक्सनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक तथा क्लवकी  संस्थापक अध्यक्ष  दुर्गा कुमारी आचार्यले जानकारी दिइन ।
क्लबको प्रथम उपाध्यक्षमा रेखादेवी पोखरेल, द्वितीय उपाध्यक्षमा गीता पराजुली, तृतीय उपाध्यक्ष कल्पना अर्याल, सचिवमा प्रतिमा शर्मा, क्लब एडमिनिस्टेटरमा विद्या पौडेल अधिकारी, कोषाध्यक्षमा गोमा कार्की, सहसचिव लक्ष्मी बराल आचार्य र सहकोषाध्यक्षमा शान्ती सिग्देल चयन भएका छन् ।

मेम्वरसिप चेयर पर्सनमा अमृता अधिकारी,पीआरओमा सीता आचार्य, एलसिआइएफ कोअर्डिनेटरमा मेनका पौडेल, क्लब सर्भिसचेयर पर्सनमा प्रमिला रानाभाट, क्लब मार्केटिङ कम्युनिकेसन चेयरपर्सनमा सरस्वती बराल, हेल्थ डाइरेक्टरमा सुस्मा पौडेल, सोसियल डाइरेक्टरमा दुधिमाया गुरुङ चयन भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिइन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोन चियरपर्सन दुर्गा कुमारी आचार्यले स्थापनाको छोटो समयमा विरौटा साझा चौतारीले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन सफल भएको बताइन । 
क्लबका लायन वर्ष २०१८/१९ का अध्यक्ष रजनी कोइराला बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्टक कमिटी मेम्बर सीता पहारी, शुस्मा पौडेल लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा बोलेका थिए ।

क्लवका अध्यक्ष रजनी कोइराल बरालको अध्यक्षताामा भएको कार्यक्रममा क्लवले गत लायन वर्षमा गरेका गतिविधीको प्रतिवेदन सचिव कल्पना अर्याल र कोषाध्यक्ष गोमा कार्कीले गरेका थिए । भने नवनिर्वाचित अध्यक्ष सावित्रा पौडेलले क्लवका भावी योजनाका बारेमा बोलेकी थिइन । 

Comments