राम्चेदेवीमा चैते दशै मेला’ सुरु
Posted on: Apr 12, 2019

चैत २९ स्याङ्जा । स्याङजाको प्रशिद्ध धार्मिकस्थल राम्चेदेवी मन्दिरमा ‘चौंथो चैते दशै मेला’ जारी रहेको छ । 

चैते दशै मेला मूल आयोजक समिति फेदीखोलाको आयोजनामा बिहीबारबाट अनौपचारिक रुपमा सुरु भएको मेलाको शुक्रबार प्रतिनिधीसभा सांसद नारायण प्रसाद मरासिनीले औपचारिक रुपमा उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै सांसद मरासिनीले धार्मीक पर्यटनका हिसावले प्रचुर सम्भावना बोकेको शितला राम्चेदेवी मन्दिरको भौतिक पूर्वाधार विकासका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले फेदीगाँउपालिका –४ गलेम, राँपु लगायतका गाँउमा पुग्नका लागि भिरखण्डको ग्रामिण मोटर बाटो निर्माण गर्न समेत विशेष पहल गर्ने बताए । 

कार्यक्रममा फेदीखोला गाँउपालिकाका प्रमुख घनश्याम सुवेदीले पर्यटकीय दृष्टिले रमणीय रहेको राम्चे मन्दिर, गलेम, रापु, खामोहाले लगायतका गाँउमा ग्रामीण सडक यसै आर्थिक वर्षभित्रमा पुर्याउँदै गाँउलाई कृर्षि पर्यटनको रुपमा विकास गरिने बताए । 

यस्तै कार्यक्रममा गाँउपालिका उपप्रमुख देवी थापाले ओझेलमा परेका सम्भावि ठाँउमा भौतिक पूर्वाधारको विकास गरि स्थानियको जीवनस्थर उकास्न गाँउपालिकाले योजनाहरु ल्याइरहेको बाताइन । 

कार्यक्रममा वडाध्यक्ष माधब शर्मा सुबेदी, सर्केटारी– पञ्चासे सडक उपभोक्ता समितिका अध्यक्ष तथा समाजसेवी मेजर दिल बहादुर गुरुङ लगायतले पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना बोकेको राम्चेदेवी, गलेम, राँपु, खामोहाले गाँउ ओझेलमा परेको गुनासो गरका थिए । 

‘धार्मिक , सांस्कृतिक, पुरातात्विक वस्तु संरक्षणमा युवा भेला, शितला राम्चेदेवी मन्दिरलाई पर्यटकीय स्थलमा विकास र प्रर्वधन गर्न चैते दशै मेला’ भन्ने मुल नाराका साथ आयोजना गरिएको शनिबार सकिने चैते दशै मेला मूल आयोजक समितिका अध्यक्ष दीपेन्द्र पौडेलले जानकारी दिए । 

स्थानिय शितला युवा क्लव गलेम, मातृभुमी युवा क्लव राँपु, मिलन ढुकढुकी युवा क्लव,खामोहाले, तथा राम्चेदेवी मन्दिर व्यवस्थापन समितिको सहयोगमा जारी मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, गाँउ—टोल स्तरिय पुरुष  भलिबल, रसी तान्ने, महिला म्युजिकल चेयर, स्थानिय धर्म संस्कृति सम्बन्धी भजन चुड्का प्रतियोगिता तथा स्थानिय उत्पादनको प्रर्दशनी तथा बिक्री लगायतका गतिबिधी मुख्य आर्कषण रहेको मातृभुमी युवा क्लवका महासचिव बिनोद पौडेलले जानकारी दिए । 

Comments