​अनाथ तथा असहायको सहयोगार्थ पोखरामा साँगीतिक कार्यक्रम
Posted on: Apr 20, 2019

बैशाख ७ पोखरा  ।  पोखरामा अनाथ तथा बालबालिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । 

सेभ द चिल्ड्रेन,सेभ द नेसनको आयोजनामा गरिएको कार्यक्रमको गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले उद्घाटन गरेका छन । 

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख कुँवरले संविधानमा नै बाल अधिकारको हक अधिकार सुनिस्चित गरिएको बताए । उनले अगाडी भने ‘संविधानमा नै बालबालिकाको अधिकार सुनिस्चित गरिएको छ । संविधानमै सुनिस्चित अधिकार पूर्णरुपमा लागु हुन नसकी रहेको अवस्थामा यस्ता खालका कार्यक्रमले सघाउ पुर्याउने महसुस गरेको छु ।’ उनले संस्थाले अनाथ, असाहाय तथा व्यवसारिस अवस्थाका बालबालिकाको क्षेत्रमा संस्थालाई पनि सहयोगका हात बढाउन आब्हान गरे । 

कार्यक्रममा गायक शिव परियार,मेलिना राई, लोकदोहोरी गायक चोलेन्द्र पौडेल, प्रकाश सपुत,नेपाल आइडलबाट चिनिएकी पोखराकी गायिका निलिमा थापामगर,सन्तोष सुवेदी,सन्तोष बस्याल लगायतले साँगीतिक प्रस्तुति राखेका थिए । 

कार्यक्रममा विभिन्न कलकारहरुको सांगितीक प्रस्तुतीमा नायक राजेश हमालको नृत्यले कार्यक्रमको माहोल अझ रोमाञ्चक बनाएको थियो । 

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रम अनाथ तथा असहाय बालबालिकाको सहयोगका लागीे आयोजना गरिएको कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिए ।

Comments