नाटक ‘बाकस’ मञ्चन सुरु
Posted on: Apr 20, 2019

बैशाख ७ पोखरा । २५ वर्ष पछि नाटक निर्देशनमा सरुभत्त श्रेष्ठले कमब्याक गरेको छन । 

पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा आजबाट सुरु भएको नाटक ‘बाकस’ निर्देशन गर्दै नाटक निर्देशन गर्दै श्रेष्ठले कम व्याक गरेका हुन । 

नाटक बाकसमा परिवर्तन, प्रमिला तुलाचन, दिल प्रसाद गुरुङ, नवराज गिरी, रमेश बाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, बुद्धि खनाल, सोनिया खत्री, इश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, संगम लामिछाने, पार्वती थापा, दिक्षा कार्कीको अभिनय रहेको छ ।  
यसैगरी प्रतिभा अधिकारी, अञ्जु दाहाल, नारायण क्षेत्री, विजोन उदास, धुव्र पौडेल, निसान ताम्राकार, विक्रम उदास, प्रतिक घिमिरे आदीको अभिनय हेर्न पाइनेछ ।

नाटकलाई सरुभत्त श्रेष्ठलेनै लेखेका हुन् भने उनलाई निर्देशनमा परिवर्तनले समेत सघाएका छन् ।  

नाटक निर्देशनमा श्रेष्ठको कमब्याकका कारण समेत यो नाटकलाई महत्वका साथ हेरिएको छ । उनको २५ वर्षको कमब्याकलाई ओझिलो बनाउन कलाकारले मेहनत उत्तिकै देख्न सकिन्छ ।  

पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा मञ्चन भइरहेका यस नाटक बैशाख २१ सम्म निरन्तर गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । शुक्रबार पहलो दिनमा एक सो तथा शनिबार दुई सो मञ्चन गरिएको नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ । 

पोखरा थिएटरको गन्र्धव नाटकघर सञ्चालन भएपछि मञ्चन हुने यो ३० औँ नाटक हो ।  नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त सो को रुपमा दिउँसो एक बजे समेत  मञ्चन हुनेछ । नाटक हेर्न तीन सय र पाँच सयको टिकट लाग्नेछ । बुकिङ सो मार्फत समेत नाटकलाई मञ्चन गर्ने तयारी थिएटरले गरेको थिएटर सञ्चालक मध्येका एक दिलप्रसाद गुरुङले जनाए ।

Comments