मणिपालमा डीन कपको तयारी तिव्र
Posted on: Apr 22, 2019

बैशाख ९ पोखरा ।  पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सको आयोजनामा हुन लागेको प्रथम डिन कपको तयारी तिव्र पारिएको छ ।

देशभरका विभिन्न मेडिकल कलेजमा अध्यन गरिरहेका विद्यार्थीहरु विचमा भातृत्वको विकास गर्ने उद्देश्यले बैशाखको १३ गतेबाट आयोजना गर्न लागिएको कपको तयारी तिब्र पारिएको आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

 यही बैशाख १९ गतेसम्म एक सातासम्म पोखराका विभिन्न ठाँउमा हुने इभेन्टमा फुटबल, बास्केटबल, क्रिकेट, फुटसल, टेबलटेनिस, भलिबल तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु समावेश गरिएको कार्यक्रम संयोजक युजल सुबेदीले जानकारी दिए ।

मणिपालले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालभरीबाट डाक्टर पढ्दै गरेका विद्यार्थी  र डाक्टरहरुको उपस्थिती रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता अन्र्तगत विभिन्न कलेजहरुबाट आएका  प्रतिस्पर्धीहरुका विचमा नृत्य, गायन तथा लाइभ व्याण्ड कार्यक्रमहरु समेत समावेश गरिएको सांस्कृतिक कार्यक्रम संयोजक प्रशंसा शर्माले बताइन । 

झण्डै एक साता सम्म मिनि ओलम्पिकको नाम दिएर गर्न लागिएको प्रतियोगिता सम्पन्न गर्न करिव ४२ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । 

Comments