​जापानका राजा अकिहितोले लिए स्वेच्च्छिक अवकास
Posted on: Apr 30, 2019

वैशाख १७ पोखरा । जापानका राजा अकिहितोले आज ३० वर्षिय शासनकालबाट स्वेच्च्छिक अवकास लिएका छन । 

टोकियो स्थित राजदरबारमा आयोजित विशेष समारोहमा बोल्दै ८५ वषिय राजा अकिहितोले आफ्नो शासनकालमा प्राप्त सहयोग र सद्भावका लागि जापानी जनतालाई धन्यवाद दिए । 
जापानको २ सय वर्षको इतिहासमा उनी जिउँदो हुँदै गद्दी त्याग गर्ने पहिलो राजा भएका छन ।  अकिहितो पछि उनका छोरा नरूहितोले भोलि गद्दी सम्हाल्नेछन् ।

जापानी राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ । तर पनि अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका थिए ।

सन् २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरे पनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन् । राजा अकिहितोले गद्दी त्यागका लागि गरेको आग्रहले हालै कानुनी स्वीकृति पाइसकेको छ । जापानी संसद्ले कानुनी बन्देज फुकाइदिएपछि उनले गद्दी त्याग गर्न लागेका हुन् । 

Comments