​पेट्रोल र डिजेलको मूल्य बृद्धि
Posted on: May 02, 2019

वैशाख १९ पोखरा  । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य  बृद्धि गरेको छ । 

निगमले अन्तराष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थमा मूल्य बढेकाले शुक्रबार राती १२ बजेबाट लागु हुने गरि पेट्रोलमा  १ रुपैयाँ ५० पैसा, डिजेल र मटितेलमा समान १र१ रुपैयाँ भाउ बढाएको हो । 
निगमले हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखेको जनाएको छ ।

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा र्पुयाइएको  छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले जानकारी दिए । 
पछिल्लो १०र१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ ।

Comments