बन्ने भयो ‘समाजवादी पार्टी नेपाल’, फोरम र नयाँ शक्तिबीचको पार्टी एकताको घोषणा वैशाख २३ मा हुने
Posted on: May 04, 2019

 

वैशाख २१, पोखरा । 
नयाँ शक्ति पार्टी  र संघीय समाजवादी फोरमबीच एकता गर्ने सहमति भएको छ । शुक्रबार राति अबेरसम्म चलेको बैठकले एकताको सहमति गरेको जनाएको छ ।

एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष रहने भएका छन् ।

संघीय परिषद्को अध्यक्षता डा. भट्टराई र केन्ऽीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको जनाएको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । 

पार्टी एकता घोषणा कार्यक्रम पर्सि सोमबार २३ गते प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहका बिच हुने भएको छ ।

फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अड्किएको थियो भने नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो  । साथै संघीय समाजवादी फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको  थियो ।
प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् ।

Comments