छोरेपाटन स्थित बालोदय चोकमा सवारी दुर्घटना,१ जना घाईते
Posted on: May 04, 2019

वैशाख २१,पोखरा।।
पोखरा महानगरपालिका(१७ छोरेपाटन स्थित बालोदय चोकमा सवारी दुर्घटना १ जना घाईते भएका छन् । सोही स्थान बस्ने वर्ष ८० की मंगली रानाभाटलाई ग ७ प ४६२७ नम्बरको मोटरसाईकलले ठक्कर दिइएको हो । घाईते रानाभाटलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको छ । 
घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई चालक र मोटरसाईकल नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गण्डकी प्रदेश प्रहरी कार्यलयले जानकारी दिएको छ ।

 

Comments