आज विश्व हाँसो दिवस
Posted on: May 05, 2019

 

(हाँस्न नभुलौं अनि हरेक हाँसोमा बाँच्न नभुलौं)

निर्मल रामदाम

वैशाख २२,पोखरा ।।  आज विश्व हाँसो दिवस । हरेक मे महिनाको पहिलो आइतबार अर्थात आज विश्व हाँसो दिवस । भारतका चिकित्सक डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस सुरु भएको हो ।  डा.कटारियाले हाँसोमा आधारित योगा अभियान वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट मार्फत यसलाई हाँसो दिवसका रुपमा मनाउन सुरु गरेका हुन् ।  त्यो समयबाट हरेक वर्षको मे महिनाको पहिलो आईतबार विशव हाँसो दिवस मनाउने गरीन्छ ।

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो ।  पछिल्लो समय यो दिवस विश्वव्यापी रुपमा मनाउन थालिएको छ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुरयाउछ । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्ने कार्य गर्दछ ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको  समेत रक्षा  गर्दछ ।दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले क्यालोरीसम्म घटाउन, तौल घटाउन समेत मद्धत पुग्ने चिकित्सक बताउछन् ।

हरेक दिन हाँस्न नभुलौं अनि हरेक हाँसोमा बाँच्न नभुलौं,एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुशी छाइरहोस्
विश्व हाँसो दिवसको सम्पूर्णमा शुभकामना

Comments