फानी (फणी)बंगलादेशमा पाँचजनाको मृत्यु, सयांै घाइते, हजार घर ध्वस्त,जनजीवन अस्तव्यस्त
Posted on: May 05, 2019

वैशाख २२,पोखरा ।।
भारतको ओडिशा राज्यबाट सरेर बाङ्ग्लादेश सम्म पुग्दा फानी (फणी) नामक समुन्द्री आँधीको शक्ति केही क्षीण त भएको भएपनि त्यसले विध्वंस मच्चाएको छ।
पाँचजनाको मृत्यु भैसकेको,एक हजारभन्दा धेरै घरहरू ध्वस्त भएका छन् भने  गाउँहरू जलमग्न भएको अधिकारीहहरुले बताएका छन्। 
थप क्षति नहोस भन्नको लागि झन्डै दश लाख मानिसलाई सुरक्षित स्थलमा सारिएको छ । भारतमा भने क्षति कम गर्न गरिएको स्थान्तान्तरणलाई सफल भएको मानिएको छ।
बगालको खाडीबाट प्रतिघन्टा झन्डै २०० किलोमिटरको बेगमा सो आँधी भारतको ओडिसा राज्य हुँदै बंगलादेश पुगेको हो । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ । 

Comments