मेयर कपको उपाधी पोखरालाई
Posted on: May 06, 2019

वैशाख २३ पोखरा । नुवाकोटको विदुर नगरपालिकामा सम्पन्न मेयर कप फुटबल प्रतियोगिताको उपाधी पोखराले जितेको छ ।

पोखराले आयोजक विदुर नगरपालिकालाई फाइनल खेलमा २–० गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो नाममा लेखाएको हो । पोखराले प्रतियोगितामा विजयी हुँदै नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । 

पोखराको जितमा बिमल राना र बिदेश आलेले एक–एक गोल गरेका थिए । यस्तै प्रतियोगितामा ‘राईजिङ प्लेयर’ बाट पोखराकै टीका गुरुङलाई नगद १० हजारबाट सम्मान गरिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जनकारी दिए ।  

Comments