सृजनाचोकमा मोटरसाईकल दुर्घटना, स्याङ्जाका ४ वर्षिय आवास ढकाल घाइते
Posted on: May 07, 2019


वैशाख २४,पोखरा ।
पोखरा महानगरपालिका वडा नं ८ सृजनाचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक बालक घाईते भएका छन् । स्याङ्जा घर भई हाल पोखरा  श्रृजनाचोक बस्दै आएका ४ वर्षिय आवास ढकाल घाइते भएको जनाइएको छ । 
घाइते ढकाललाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको छ । ग १५ प ७९९३ नम्बरको  मोटरसाईकलले ग १५ प ४२६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार उनी घाइते भएका हुन्. । 
मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको  गण्डकी प्रदेश कार्यलयका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । 

 

Comments