​आज विश्व रेडक्रस दिवस मनाइदै
Posted on: May 08, 2019

वैशाख २५ पोखरा । विश्व रेडक्रस दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

मे ८ लाई रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै  संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।
संस्थापक ड्युनासन् १८६३ मा विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै करेडक्रस सोसाइटीको स्थापना गरेका थिए ।  उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनले अधिकारीक मान्यता प्राप्त गरेको थियो । 

नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो । विश्व रेडक्रस दिवसको अवसरमा कास्कीमा पनि विभिन्न कार्यक्रम गरिदै छन । 
दिवसको अवसरमा काँहु उपशाखाको आयोजनामा बृहत स्वास्थ्य सिविरको आयोजना गरिदै छ भने, उपशाख १९ को आयोजनामा रक्तदान कार्यक्रम गरिदै छ । यस्तै विभिन्न जुनियर र युवा सर्कलहरुले दिवसका अवसरमा मार्च पास, व्याच वितरण, तथा अन्तरक्रिया लगातका विभिन्न कार्यक्रम गरि मनाउन लागिएको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले जानकारी दिए । 

Comments