उफ ! उखरमाउलो गर्मी
Posted on: May 10, 2019

शशी पौडेल 
वैशाख २७ पोखरा । केही दिनदेखी पानी नपर्दा देशभर गर्मी ह्वात्तै बढेको छ । केही दिनदेखी पानी पर्न नसक्दा पोखरा लगायत आसपासका जिल्लामा गर्मी महशुस गरिएको हो । 

मौषम पुर्वानुमान महाशाखका अनुसार आज पोखराको अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सीयस मापन गरिएको छ । यस अघि पोखरामा वैशाख २० गते वर्षकै सबैभन्दा वढी ३२.७ डिग्री सेल्सियस मापन गरिएको थियो । 
मौषमी प्रणालीमा केही सुधारका संकेत देखिएकाले छिट्टै पानी पर्ने संभावना रहेको मौषमविद बिभुती पोख्रेलले रेडियो बाराहीलाई जानकारी दिइन ।  साताअघि बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी ‘फानी’को प्रभावले पानी परेका भएपनि त्यसयता पानी नपर्दा गर्मीको डिग्री ह्वात्तै बढेको हो । 

महाशाखाका अनुसार आज भैरहवाको अधिकतम तापक्रम ३७.५ डिग्री मापन गरिएको छ । यस्तै पाल्पाको ३१.८ डिग्री सेल्सियस मापन भएको जनाइएको छ । भने लुम्लेमा २५.५ डिग्री अधिकतम तापक्रम हुँदा खैरेनीटारमा ३५.५ डिग्रीसेल्सियम तापाक्रम मापन गरिएको छ । 
विभागका अनुसार  शुक्रबार सबैभन्दा बढी नेपालगन्जको तापक्रम ४३  डिग्री सेन्सियस मापन गरिएको छ  ।

यस्तै धनगढीको तापक्रम ४२.८ डिग्री सेल्सियस छ । दिपायलकोको तापक्रम ४०.३ डिग्री छ । बिराटनगर ३२.६, दाङ ३७.७ र डडेलधुराको तापक्रम २९.८ डिग्री सेल्सियस रहेको छ । 

Comments