तीन दिनसम्म वर्षाको संभावना : मौषमविद
Posted on: May 11, 2019

वैशाख २८ पोखरा । शनिबारदेखी सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौषम विज्ञान विभागले जनाएको छ । 

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिनसम्म मौसम बदली हुने मौषमविद विभुती पोखरेलले जानकारी दिइन ।मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना रहेको छ । तीन दिनसम्म गर्मी केही कम महसुस हुनेछ ।

साताअघि बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी ‘फानी’को प्रभावले पानी परेका भएपनि त्यसयता पानी नपर्दा गर्मीको डिग्री ह्वात्तै बढेको हो । पोखराको गत वैशाख २०  गते यस वर्षकै उच्च तापक्रम ३२.७ सेल्सियस मापन गरिएको थियो । शुक्रबार पोखराको  अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस मापन गरिएको छ । 

हेर्नुहोस् ! विभागद्वारा सार्वजनिक मौषमसम्बन्धी बुलेटिन 

जारी मिति : बैशाख २८  गते (शनिबार ): बिहान  ६:०० बजे
 
बैशाख २८ गते (शनिवार):
 
दिउँसो: देशभरि  आंशिक देखि सामान्य बदलि रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ । 
राति: देशभरि  आंशिक देखि सामान्य बदलि रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ । 
 
बैशाख २९ गते (आईतवार):
 
दिउँसो: देशभरि  आंशिक देखि सामान्य बदलि रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ । 
राति: देशभरि  आंशिक देखि सामान्य बदलि रही  केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ । 
 
बैशाख ३०  गते (सोमबार ):
 
दिउँसो: देशभरि  आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ । 
राति: देशभरि  आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ । 

Comments