​आप्रवासी बोकेको डुंगा दुर्घटना मुध्य सागरमा दुर्घटना, ६५ जनाको मृत्यु
Posted on: May 11, 2019

वैशाख २८ पोखरा । लिबियाबाट आप्रवासी बोकेर युरोप जाँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना हुँदा कम्तीमा ६५ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परेका मध्य १६ जनाको उद्दार गरिएको संयुक्त राष्ट्र संघको शरणार्थी नियोग युएनएचसीआरलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।  समुद्रमा आएको ठूलो छालमा परेर डुंगा दुर्घटना भएको उद्धार गरिएकाहरुले बताएका छन् ।

यु.एन.एच.सी.आर.ले यस वर्ष मात्रै लिबियाबाट युरोप जान लागेका १ सय ६४ जनाको डुंगा दुर्घटनामा परेर मृत्यु भइसकेको जनाएको छ । ट्युनिसियाको रक्षा मन्त्रालयले दुर्घटना भएको थाहा पाउने वित्तिकै माछा मार्न प्रयोग गरिने डुंगा परिचालन गरेर उनीहरुको उद्दार गरिएको जनाएको छ ।

डुंगामा सवार अधिकांश व्यक्ति अफ्रिकी मुलुकका भएको बताइएको छ । लिबियालाई प्रमुख प्रस्थान विन्दू बनाउँदै आएका हजारौं आप्रवासीहरुले भूमध्य सागर पार गर्दै युरोप छिर्ने प्रयास गर्ने गरेका छन् ।

यो वर्षको शुरुआती तीन महिनामा मात्र १५ हजार ९ सय आप्रवासी भूमध्ये सागर पार गरेर युरोप पुगेका छन् ।

Comments