​‘होस्टेल ब्याक अगेन’ को छायाकंन अगष्टमा
Posted on: May 11, 2019

वैशाख २८ पोखरा । सुनिल रावलको निदेशनमा चलचित्र ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । यसअघि सफल चलचित्रका रुपमा आफूलाई दर्ज गर्न सफल भएका ‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’ पछि यही सिरिजको तेश्रो चलचित्रको रुपमा ‘होस्टेल ब्याक अगेन’ निर्माण हुन लागेको हो ।

निर्माण हुन लागेको ‘होस्टेल ब्याक अगेन’ मा हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बुनेर फिल्म निर्माण गर्न लागेको निर्देशक रावलले जानकारी दिए । 

आगामी अगष्टबाट छायाँकन सुरु हुने सो चलचित्रको कलाकार चयन छिटै हुने निर्देशक रावलले जानकारी दिए । पटकथा, संवाद रायन राइजको रहने फिल्मको हाल स्क्रिप्टको काम भइरहेको उनले जानकारी दिए । 

यस अघि सुनिलको निर्माणमा चलचित्र ‘होस्टल’ बाट अभिनेता अनमोल केसी, ‘होस्टेल रिर्टन्स’ बाट सुशिल श्रेष्ठ र नाजिर हुसेनलाई फिल्मी करिअरमा डेब्यू गरेका उनले आफुले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्ने बताएका छन् ।

दुर्गेस फिल्मस् र काफिया फिल्मसको व्यानरमा निर्माण हुन लागेको चलचित्रको छायाँकन अमेरिकामै गरिने निर्माता गोविन्द शाहीले जानकारी दिए । 

Comments