फिर्केमा फेरी चल्यो डोजर
Posted on: May 11, 2019

वैशाख २८,पोखरा।  पटक पटक अतिक्रमणको विवाद श्रृजना भइरहने फिर्के खोला छेउ फेरी डोजर चलेको छ ।

स्थानिय गहते सडक निर्माण उपभोक्ता समितिले वडा नम्बर ८ मा पर्ने फिर्के क्षेत्रमा फुटट्रयाक खोल्ने लक्ष्यका साथ डोजर चलाएका हुन् । वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले शनिबार बिहान उक्त फुटट्र्याक खन्ने कामको औपचारिक रुपमा शुरुवात गरे । पोखरा इन्जिनियर कलेज नजिक गहतेबाट डोजर लगाउन शुरु गरिएको हो । 

कार्यक्रमको शुरुवात गर्दै वडाध्यक्ष बरालले प्रारम्भिक चरणमा गण्डकी प्रदेश प्रहरी कार्यालय सम्मको झण्डै ६ सय मिटर क्षेत्रमा फुटट्रयाक खोलिने जानकारी दिए । त्यस लगत्तै उक्त ट्रयाक ढलान गरि बाटो निकालिने उनले जानकारी दिए । सोहि क्षेत्रको हितका लागि गरिन लागिएको कार्यमा सहयोग गर्न सरोकारवाला पक्षलाई अध्यक्ष बरालले आग्रह गरे । 

सो क्षेत्रको अधिकांस क्षेत्र झारपात घाँस पलाएको भएपनि केहि क्षेत्रमा स्थानियले अतिक्रमण घरि पर्खाल लगाएका छन् । बाटोनै विकासको महत्वपूर्ण आधार भएकाले फिर्के किनारबाट बाटो खोलिन लागिएको उपभोक्ता समितिका अध्यक्ष भरत चालिसेले बताए ।

स्थानियको सहमति पश्चातनै ट्रयाक खुलाउने कार्यको शुरु गरिएको अर्का स्थानिय बसन्त चालिसेले बताए । अनुमानित लागत ७ लाख ७० हजार रुपैयाँ रहेको कार्यमा १० प्रतिशत रकम स्थानिय सहभागिताबाट जुटाइने उनले जानकारी दिए । 

Comments