दाङ्गसिङ्ग युवा क्लबको वार्षिक क्यालेण्डर विमोचन
Posted on: May 12, 2019


(पर्यटन प्रवद्धनमा सहयोग पुग्ने विश्वास )

निर्मल रामदाम
वैशाख २९,पोखरा ।दाङ्गसिङ्ग युवा क्लबको वार्षिक भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रम सम्पन्न भएको छ  । शनिबार एक विशेष समारोहका बिच क्लबले आफ्नो वार्षिक भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरेको हो ।साविक दाङ्गसिङ्ग गाविस वडा नं ३,४ हाल अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङ्गसिङ्ग गाउँका युवाहरुको सक्रियतामा आज भन्दा करिब नौ महिना अगाडि दर्ता भएका क्लबल २०७६ सालको वार्षिक भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरेको छ  ।

वडा नं ८ का वडाध्यक्ष विजय गुरुङको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा वार्षिक भित्तेपात्रो (क्यालेण्डर) विमोचन स्वयंम वडाध्यक्ष गुरुङ,क्लबको अध्यक्ष साजन गुरुङ, विरेठाटि( लामखेत( जलजला(खाउने ग्रामिन सडक बाटो निर्माण समितिका अध्यक्ष टेक ब. गुरुङ,उमा मा.वि का प्रअ बुद्धि ब.गुरुङ, क्लबका उपाध्यक्ष कमल गुरुङ, सचिव कमल रामदामले विमोचन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले पछिल्लो समय क्लबले उदाहरणीय काम गरिरहेको भन्दै खुशि व्यक्त गरेको थिए । उनले क्लबको गरेकासामाजिक कार्यहरुको प्रशंसा गर्दै अगामी आवमा दाङसिङ बाकोट थामडाँड सम्म पैदल बाटो निर्माणको लागि आफूले ५ लाख भन्दा बढि बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरेको थिए । साथै उनले खेल क्षेत्रको विकासका लागि पनि क्लबलाई आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाएका छन् ।


यस्तै कार्यक्रममा उमा मा. वि का प्रअ बुद्धि ब.गुरुङले यस क्षेत्रको ईतिहासमै पहिलो पटक दाङसिङ युवा क्लबले क्यालेण्डर विमोचन गरेर एउटा ईतिहास रच्न सफल भएको भन्दै खुशि व्यक्त गरेको थिए ।  कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय दाङसिङ युवा क्लबले सामाजिक क्षेत्रमा अतुलनिय योगदान गरिरहेको भन्दै बधाई तथा खुशि व्यक्त गरेको थिए । क्यालेण्डरमा मिडिया पाटनर्सरको रुपमा रेडियो बाराहि ९९.२ मेगाहर्ज र नेपाली सन्देश डटकम रहेका छन् ।


क्यालेण्डरको प्रत्यक पृष्ठमा विरेठाँटि( तमु(दाङसिङ (मोहोरिया (हिडनलेक को नक्सा राखिएको छ भने गाउँका फोटोहरु तथा प्राकृतिक सौन्दर्यतालाई क्यालेण्डरको विभिन्न पृष्ठमा  देखाइएको छ  । क्यालेण्डरले केहि मात्रामा भए पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्ने विश्वास लिईएको छ  ।


कार्यक्रममा विरेठाँटि( दाङसिङ मोहोरिया हिडनलेक पर्यटन पद मार्ग विकास समितिका अध्यक्ष राम ढुङ्गाना,बाकोट मेश्रम मन्दिर पुन निमार्ण समितिका अध्यक्ष चिज ब. गुरुङ,दाङसिङ खानेपानि वि.स का अध्यक्ष नर ब. गुरुङ,ग्रामिन पैदल बाटो पुननिर्माण समितिका पदाधिकारीहरु मानसिंङ रामदाम,घन ब. गुरुङ र दम ब. गुरुङ तथा क्लबका सम्पूण पदाधिकारीहरु तथा स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।


कार्यक्रममा क्लबलाई  एक थान पाडियम हस्तान्तरण गर्ने कन्या गुरुङ,क्लबलाई १० थान कुर्चि हस्तान्तरण गर्ने टेक ब.गुरुङ तथा क्लबलाई उपाध्यक्ष कमल गुरुङलाई सम्मान गरीएको थियो ।
क्लबका अध्यक्ष साजन गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन क्लबको सहसचिव तथा  रेडियो बाराहिका समाचारकर्मी  निर्मल रामदामले गरेका थिए ।


 

 

Comments