​कमल सुनचाँदी अव पोखरामा पनि
Posted on: May 26, 2019

जेठ १२ पोखरा । कमल सुन चाँदी दुकानले पोखरामा शाखा विस्तार गरेको छ । म्याग्दीको बेनीमा विगत लामो समयदेखी आफ्नो कारोवार गरिरहेको दुकानले पोखरामा आइतबारदेखी विधिवतरुपमा कारोवार सुरु गरेको सञ्चालक कमल विश्वकर्माले बताए ।

ग्रहकहरुको मागलाई मध्यनजर गर्दै पोखराको न्यूरोडबाट पनि सेवा विस्तार गरेको उनले रेडियो बाराहीलाई बताए । उनले भने– ‘विषेश गरि पछिल्लो समय बेनी, बाग्लुङ, पर्वत जिल्लाबाट पोखरामा बसाईंसराईदर बृद्धि भइरहेको समयलाई मध्यनजर गर्दै शाखा विस्तार गरेका हौं ।’ उनले थपे – ‘पसलमा बेनीबाट दिदैं आएको सेवा पोखराबाट अझ विस्तारित र परिस्कृत ढंगले दिने हिसावले शाखा विस्तार गरेका हौं ।’

करिव २ करोडको लगानीमा विस्तार गरिएको पोखरा शाखाको आवश्यकता अनुसार थप विश्तार गरिने सञ्चालक विश्वकर्माले बताए । पसलमा विशेष गरि मौलिक पहिचानका गहना, विभिन्न जातजातीका गहनाका साथै आफूले चाहे अनुसारको डिजाइनमा गहना उपलब्ध रहेको उनको भनाई रहेको छ । म्याग्दीको बेनी र पोखरा शाखामा गरि १६ जनाले प्रत्यक्ष रोजगारी पाएको दुकानमा ग्राहकहरुले प्रत्यक्ष कालीगढले डिजाइन गरेको हेर्न सकिने उनले  व्यवस्था गरिएको उनको भनाई रहेको छ । 

 

Comments