नेपाल सहित ४ देशका व्यवसायीविच पोखरामा ‘बीटुबी’ हुने
Posted on: May 30, 2019

प्रदिप पौडेल

जेठ १६ पोखरा । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पर्यटकीय नगरी पोखरामा टूर अपरेटरबीच पोखरा बीटुबी (व्यावसायिक छलफल) हुने भएको छ ।

यही शनिबर हुने छलफलमा नेपाल सहित ४ देशका करिव ७० जना व्यवसायी सहभागी हुने नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदले आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन । 

पर्यटन बोर्ड र परिषदको संयुक्त आयोजनामा हुने कार्यक्रममा भारत, बंगलादेश र कम्बोडिया गरी ३ मुलुकका ३० जना व्यवसायी र पोखराका करिब ४० जना व्यवसायीबीच व्यावसायिक छलफल र व्यापार आदानप्रदान लगायतका विषयमा छलफल केन्द्रित हुने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । 
 
छलफलका लागि आएको टोलीले पोखरामा शुक्रबारसम्म प्रवद्धर्नात्मक भ्रमण गर्नेछ भने १८ गते छलफलमा केन्द्रित परिषदका अध्यक्ष पोखरेलले बताए । 

पोखरामा आयोजना गरिएको व्यवसायीक छलफलल संघीय र प्रदेश सरकारले घोषणा गरेको २० लाख विदेशी पर्यटक भित्र्याउने उद्देश्य सहित घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल पार्नुका साथै यहाँका व्यवसायीले प्रत्यक्ष फाइदा पाउने विश्वास लिएकोे आयोजकको दावी छ । 

परिषदका उपाध्यक्ष, गोपी भट्टराई, महासचिव दील गौतम, व्यवसायी टीकाराम सापकोटाले स्वदेशी र विदेशी व्यवसायी विचको पोखरामा हुने छलफलले व्यवसायीमा उत्साह थप्ने बताए । 

पर्यटन बोर्डका अनुसार नेपाल आउने विदेशी पर्यटकहरु मध्य करिव ४० प्रतिशतले पोखरोको भ्रमण गर्ने गर्ने गरेको अहिलेको अवस्थामा उक्त छलफलले पोखरा लगायत गण्डकी प्रदेशमा भित्रिने पर्यटकको संख्या र उनिहरुको बसाईलाई थप लब्बाउन मद्दत पुग्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणि लामिछानेले बताए , 

एक तथ्याङ्क अनुसार सन २०१६ मा नेपाल भित्रिएका भारतिय पर्यटकको संख्या १ लाख १८ हजार, २०१७ मा १ लाख ६० हजार, १८ मा २ लाख बढी भारतिय पर्यटक नेपाल भित्रिएको तथ्याङ्क रहेको छ । यस्तै बंगलादेशबाट  २०१६ मा २३ हजार, २०१७ मा २९ हजार र  २०१८ मा ३० हजार, पर्यटक नेपाल आएका थिए । यस्तै कम्बोडियाबाट नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
 
कार्यक्रममा ट्रिप एड्भाइजरका साउथ एसिया प्रमुख कार्यकारी अधिकृत सहितका विज्ञहरुले पर्यटनसंग सम्बन्धीत विशेष कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जानएको छ । 

Comments