कोरियन भाषा परिक्षा जेष्ठ २५ र २६मा,पोखरामा ४ वटा परिक्षा केन्द्र,परिक्षार्थीले ध्यान दिनुपर्ने कुराहरु ??
Posted on: Jun 05, 2019

 
(पोखराको सृजना मा.वि,लिटिल स्टप मा.वि, स्टेप वाई स्टेप मा.वि रपोखरा पब्लिक स्कुल चाउथे परिक्षा सन्चालन हुने भएको छ ) 
(निर्मल रामदाम)
पोखरा, २२ जेष्ठ।सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र निर्धारण गरीएको छ ।
यही जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोेकेको छ।   यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौं जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको हो ।
 
पोखराको सृजना मा.वि,लिटिल स्टप मा.वि, स्टेप वाई स्टेप मा.वि रपोखरा पब्लिक स्कुल चाउथे परिक्षा सन्चालन हुने भएको छ ।  शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले अघिल्लो वर्षभन्दा यो वर्ष परीक्षार्थीको सङ्ख्या बढी भएकाले यस पटक चारवटा परीक्षा केन्द्र थप गरिएको जानकारी दिए।  
 
शाखाका अनुसार यस वर्ष ९२ हजार ३७६ जनाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन्।  सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार ८८६ जनाको आवेदन परेको छ।  आवेदन दिनेमध्ये ७७ हजार ३९३ पुरुष र १४ हजार ९८३ महिला रहेका छन्।  यस वर्ष आवेदन दिनेको सङ्ख्या गत वर्षभन्दा १० हजार ११२ जनाले बढी हो। दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)का अनुसार सन् २०२० मा १० हजार ५० जना नेपालीलाई रोजगारका लागि दक्षिण कोरिया लग्ने छ।  
 
ईपीएस कोरिया शाखाका अनुसार आउँदो वर्षका लागि औद्योगिक तथा उत्पादनतर्फ सात हजार ५० जना र कृषितर्फ तीन हजार युवालाई रोजगारीका लागि लैजाने शाखाले जनाएको छ । 
सन् २०२० मा ईपीएसमार्फत रोजगारीमा जानका लागि कोरिया भाषा परीक्षामा सहभागी हुनेले गएको चैत ८ गतेदेखि १७ गतेसम्म अनलाइन आवेदन दिएका थिए।
 
 
 
२०७६ साल जेठ २५ र २६ गते सञ्चालन हुने कोरियन भाषा परीक्षा दिने परीक्षार्थीहरुले ध्यानदिनुपर्ने कुराहरु:-
1)प्रत्येक आवेदकहरु परीक्षाशुरु हुने समयभन्दा एक घण्टा अगावै आफ्नो स्थानमा बसी सक्नुपर्नेछ ।
2)आवेदकहरुले आवेदन दर्ता गर्दा पेश गरेको राहदानीको सक्कल र ईमेलबाट रङ्गीन प्रिन्ट गरेको   प्रवेशपत्र लिई आउनु पर्नेछ ,अन्यथा परीक्षामा समावेश गराइने छैन ।
3)उत्तरपुस्तिकामा कुनैउत्तर टिपेक्स वा टेपको प्रयोग गरी सच्याईएको पाइएमा उत्तर गलत ठहरिनेछ ।

4) परीक्षार्थीहरुले उत्तर पुस्तिकामा चिन्ह लगाउदा कालो बलपेनको प्रयोग गर्नु पर्नेछ । कालो बलपेन परीक्षार्थी स्वयंले ब्यवस्था गर्नु पर्नेछ ।

5)परीक्षामा सहभागी हुन आउँदा आवेदकहरुलाई मोवाइलफोन तथा अन्यविद्युतीय उपकरणहरु वा पुस्तक,चिटआदि ल्याउन पाइने छैन । कसैले लिईआएमा परीक्षामा अनुचित कार्यगरेको आधारमा कारवाहि हुनेछ ।

6)EPSअन्तर्गत कामदार पठाउने प्रक्रिया स्वच्छ, निष्पक्ष, पारदर्शी भएकोले कुनै पनि व्यक्ति, समूह, संघ, संस्थाको भ्रममा वा प्रलोभनमा नपर्नु हुन इ.पी.एस.कोरिया शाखा सम्बन्धित सबैलाई अनुरोध गर्दछ । साथै अनुचित कार्य गर्ने गलत उम्मेदवारहरु दोश्रो चरणको परिक्षामा वा जुन सुकै समयामा पहिचान भएमा  कारवाहि हुने व्यहोरा जानकारी गराइन्छ । 

7)EPS अन्तर्गत नेपाली कामदारहरुलाई गणतन्त्र कोरिया पठाउने सम्बन्धमा जिम्मेवार निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग, भ्एक् कोरिया शाखा मात्र भएको  र यसमा कुनै पनि निजी संघ–संस्था, समूह तथा व्यक्ति विशेषको संलग्नता नरहने व्यहोरा अनुरोध गरिन्छ ।

8)परिक्षा संवन्धि अन्य जानकारीको लागि इपिएस कोरिया शाखा ग्वार्कोको फोन ०१ ५१८६३४९ र ०१ ५१८६३५० मा संपर्क गर्न सकिने छ ।

 
 
 
 

Comments