कोरियन भाषा परीक्षा आज र भोली, परीक्षामा ९२ हजार तीन सय ५६ जना परीक्षार्थी सहभागी हुँदैं
Posted on: Jun 08, 2019


(निर्मल रामदाम)

जेष्ठ २५,पोखरा। दक्षिण कोरियामा रोजगारीमा जान चाहाने नेपाली युवाहरूको भाषा परीक्षा आजबाट शुरु भएको छ । परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ।
पोखरामा सृजना मावि सृजनाचोक,स्टेप वाई स्टेप मावि मासवार,लिटिल स्टेप मावि सिमलचौर र पोखरा पब्लिक स्कुल चाउथेमा परिक्षा केन्द्र तोकिएको छ ।
परीक्षामा ९२ हजार तीन सय ५६ जना परीक्षार्थी सहभागी हुँदैछन । यो वर्ष परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको छ ।

अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए । आगामी बर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा निर्धारण गरेको छ । परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।
परीक्षामा उर्तिणमध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी कोरियाको छ । कोरियाले सन् २००८ देखि नेपालवाट कामदार लैजान शुरु गरेको हो । अहिलेसम्म करिव ६० हजार नेपालीले कोरियामा रोजगारी पाएका छन् ।

Comments