​पोखरामा स्कुल बस पल्टियो
Posted on: Jun 10, 2019

पोखरा, २७ जेठ । 
पोखरा महानगरपालिका –११ फूलबारी स्थित भाष्कर मेमोरियल विद्यालयको बस सोमवार विहान दुर्घटना भएको छ ।
विद्यार्थी लिन हिडेको बस सोमबार विहान नौ वजे दुर्घटना भएको हो ।  ग १ च ५४७ नं को बस फूलबारी–११ स्थित समितहरामा बस दुर्घटना भएको हो । 
सडकमा पल्टिएको बसमा चालक, सहचालक र एक जना मात्र विद्यार्थी थिए । बस दुर्घटनामा परी सहचालक सामान्य घाइते भएको जानकरी कास्की प्रहरीले दिएको छ ।

Comments