​पोखरामा भ्यानको ठक्करबाट स्कुटर चालक २० बर्षीय कृष्ण प्रसादको मृत्यु
Posted on: Jun 11, 2019


 (निर्मल रामदाम)

जेठ २८,पोखरा। पोखरामा सवारी दुर्घटनमा परी एक युवाको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भइ हाल पोखरामा मजदुरी गर्दै आएका २० बर्षीय कृष्ण प्रसाद चौलागाइको मंगलबार सवारी दुर्घटनामा परी  मुत्यु भएको प्रहरीले रेडियो बाराहीलाई जानकारी  दिएको  छ । पृथ्बीचोक देखि अम्मरसिंचोक तर्फ जादै गरेको बा १४ च ५८१२ नम्बरको तरकारी वोक्ने भ्यानले सोही दिसा तर्फ जार्दै गरेको ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक चौलागाइको मुत्यु भएको हो ।


आज विहान करिब ११ः४० बजेको समयमा पोखरा रंगशाला अगाडीको सडकमा भएको दुर्घटना र उपचारको लागि पोखरा हस्पिटल पुराएसंगै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


दुर्घटना पश्चात  भाग्न खोजेका भ्यान चालक नवलपरासिका ४० बर्षीय कृष्ण सुवेदीलाई स्थानीयले समातेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक चौलागाइको शव पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान पतिष्ठानमा राखिएको कास्की प्रहरीले रेडियो बाराहीलाई जानकारी  दिएको  छ ।

Comments