भलाममा ‘रिहाव’ तथा उपचार भवनको उद्घाटन
Posted on: Jun 11, 2019

जेठ २८ पोखरा । कम्युनिटी सपोर्ट गु्रप हेरचाह ग्राम अन्तर्गत पोखरा महानगरपालिका वडा नंं २० भलाममा लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवन निर्माण गरिएको छ ।

करिव एक करोड लागतमा आठ रोपनी नौ आना क्षेत्रफल रहेको परामर्श तथा उपचार केन्द्र भवनको धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले सवै मिलि भवनको सहि सदुपयोग गर्न आग्रह गरे ।

पोखरा महानगर पालिका वडा नं. २० का वडा अध्यक्ष सिम गुरुङले राज्यले गर्ने काम संघ संस्थाले गरेको भन्दै आभार व्यक्त गरे ।

कार्यक्रममा कम्युनिटी सपोर्ट गु्रपका संरक्षक तथा एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्व मोहन गौचन, कम्युनिटी सपोर्ट ग्रुपका संरक्षक सुन्दर गुरुङले समाजको विकृत विसंगती न्यूनिकरण गर्न संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

४० जना क्षमता भएको भलाम उपचार केन्द्रमा हाल १७ जना उपचारत रहेको कम्युनिटी सपोर्ट ग्रुपका प्रोग्राम म्यानेजर लाल गुरुङले जानकारी दिए ।

कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव रामचन्द्र पोख्रेलले स्वागत र मौसम गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Comments