महानगरस्तरीय राष्ट्रपति कप जेठ ३१ देखि
Posted on: Jun 11, 2019

जेठ २८ पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा जेठ ३१ गतेदेखि महानगरस्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता पोखरा रंगशालामा हुने भएको छ । 
१८ वर्ष भन्दा कम उमेरका विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने प्रतियोगितामा छात्र, छात्रातर्फ भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टका विभिन्न खेलहरु समावेश गरिएको महानगरका शिक्षा महाशाखा अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई नगदसहित मेडल प्रदान गरिने छ । 
असार २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जेठ ३० सम्म जिल्ला खेलकुद विकास समितिको कार्यालयमा खेलाडीको नाम दर्ता गर्न सकिने महानगरले जनाएको छ । 
प्रतियोगिता सञ्चालन गर्न वडा नम्बर १० का वडाध्यक्ष राजकुमार गुरुङको संयोजकत्वमा प्राविधिक तथा व्यवस्थापन उपसमिति गठन गरिएको छ । 

Comments