पोखराको उत्तमचोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो,दुई जना घाईते
Posted on: Jun 12, 2019


जेठ२९,पोखारा । 
पोखराको उत्तमचोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा  प्रहरीले गोली चलाएको हो। लागूऔषध बोकेर हिँडेको सुचनाको आधारमा बुझ्न गएको प्रहरीमाथी आक्रमणको प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको  छ । घटनामा प्रहरी सहित २ जना घाईते भएका छन  ।  लागूऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडा भन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए  ।

प्रहरीले चलाएको गोली लागेपछी घाइते भएका लागूऔषध कारोबारी जोनर डीके भनिने करिव ३० बर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको एसपी कार्कीले जनाएका छन्  लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ । थापाको साथबाट डाईजोपाम, नुर्फिन। र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । 
लागूऔषध कारोबारी थापा यसअघी कतारमा २०१४ देखी २०१८ सम्म जेल बसेका थिए भने नेपालमा २०७५र०१र०२ मा ज्यान मार्ने उद्योगमा जेल चलान भएका थिए साथै घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एसपी कार्कीले जनारकारी दिएको छन् ।

 

 

Comments