गुरुकुलमा अन्तर एसईई खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न
Posted on: Jun 16, 2019

असार १,पोखरा

पोखराको नयाँबजारस्थित गुरुकुल विद्या सदन माविमा अन्तर एसईई खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । छुट्टाछुट्टै रुपमा छात्र र छात्रातर्फ भएको प्रतियोगितामा छात्रतर्फको उपाधी कास्की बास्केटबल एकेडेमी (रातो) ले जितेको छ भने छात्रातर्फ कास्की बास्केटबल एसोसिएसन प्रथम भएको छ । छात्रतर्फको फाइनल खेलमा कास्की एकेडेमीले मनकामनालाई तथा छात्रातर्फ एलएसएसलाई पराजित गर्दै कास्की एसोसिएसनले उपाधी जितेको हो ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद ५ हजार तथा द्वितिय हुने समुहले नगद ३ हजार सहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यसैगरि प्रथम हुने खेलाडीले गुरुकुल विद्या सदनमा ११ कक्षामा विज्ञान, होटल व्वस्थापन तथा व्यवस्थापन संकायमा अध्यायन गर्दा मासिक शुल्कमा पूर्ण छुट प्राप्त गर्नेछन् । दोश्रो हुने समुहका खेलाडीले मासिक शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्ने कार्यक्रमका संयोजक प्रकास पराजुलीले जानकारी दिए । 
कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङ्गले एक समारोहका विच विजेता तथा उप–विजेता टिमका खेलाडीहरुलाई पुरस्कृत गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई.धर्मराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका सह–प्राचार्य हरि ढकाल, एकेडेमिक डिन रबि कार्की, विद्यालयका संस्थापक सदस्य प्रमोद बराल लगायतले विद्यालयका गतिविधीमाथि प्रकास पारेका थिए । विद्यालयका प्राचार्य अचुत पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए । 

 

Comments