गण्डकी सरकारको बजेट ३२ अर्ब १३ करोड ४७ लाख
Posted on: Jun 16, 2019

प्रदिप पौडेल 

 निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड रुपैयाँ

असार १ पोखरा  । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७६÷७७ को बजेट लागि रु.३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट सार्वजानिक गरेका छन ।  

जसमध्ये चालु खर्च तर्फ रु १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रहेको छ भने पुँजीगत तर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैया बिनियोजन गरिएको छ । कुल बजेटको बिनियोजित रकम ६२ प्रतिशत चालुखर्च तर्फको ३८ प्रतिशत रहेको छ । आर्थिक वर्षको लागि अनुमानित गरिएको बजेट नेपाल सरकारवाट प्राप्त हुने सम्मानीकरण अनुदान ७ अर्ब ११ करोड २२ लाख रुपैयाँ छ ।

सर्शत अनुदान अन्र्तगत ५ अर्ब ३५ करोड रहेको छ, सम्मपुरक अनुदानतर्फ ७५ करोड, विशेष अनुदान तर्फ ७५ करोड, राजश्व बाँडफाडबाट ७ अर्ब ७० करोड ५१ लाख रहेको छ । रोयल्टिवाट प्राप्त हुने ४० करोड, आन्तरिक राजश्ववाट ३ अर्ब २७ करोड ७५ लाख, व्यहोर्दा ६ अर्ब ७३ करोड ८३ लाख ९२ हजार रहेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने नगद मौज्दात रु ४ अर्ब ८० करोड उपयोग गरिनेछ । राजस्व, अनुदान र नगद मौज्दात उपयोग गर्दा अपुग हुने खुद रु १ अर्ब ९८ करोड ८३ लाख ९२ हजार रहेको छ । न्युन हुन जाने रु ९८ करोड ८३ लाख ९२ हजार आन्तरिक ऋणबाट व्यहोरिने छ ।

प्रदेशको आर्थिक समृद्धिको लागि अर्थमन्त्री गुरुङले पर्यटन उर्जा, कृषि, उद्योग, पुर्वाधार, सिर्जनशिल मानवपँुजि, निर्माण तथा विकास शुसानलाई केन्द्रित गरेर बजेट बिनियोजन गरेका छन । सडक तर्फ प्रदेश गौरब आयोजनाको रुपमा रहेका बृहत पोखरा चक्रपथ र पोखरा भिमाद दुम्कीबास दु्रतमार्ग निर्माण आयोजनालाई प्राथमिकतामा राखेको छ । सालिग्राम सांस्कृतिक करिडोरलाई ११ करोड बिनियोजन गरिएको छ । प्रदेशको राजधानीलाई जिल्ला सदमुकाम सम्म जोड्ने सडक एक निर्वाचन क्षेत्र एक सडक बनाउने बजेटमा उल्लेख छ । अर्थमन्त्री गुरुङले सडक सडकको निर्माण गर्नको लागि ८ अर्ब १८ करोड बिनियोजन गरेका छन । गण्डकी प्रदेश उज्यालो प्रदेश घोषणालाई १५०० घरधुरीलाई सौलियत उर्जा सौर्य उर्जा प्रविधि जडान गर्न ६ करोड बजेट बिनियोजन गरिएको छ । 

निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको लागि ७२ करोड रुपैया विनियोजन गर्ने भएको छ  । सांसदलाई दिइने यो रकमबाट गण्डकी प्रदेशका सांसदहरुभने खुसि भएका छन् । संघिय सांसदको जस्तै प्रदेश सांसदलाई पनि सो रकम छुट्याइएको हो । त्यसैगरि, प्रदेश सरकारले यस वर्ष १० हजार युवा जनशक्तिलाई रोजगारी दिन तालिम बापत  १७ करोड छुट्याएको छ भने युवा स्वोरोजगारमा रु. ५ करोड विनियोजित छ ।   

 गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा २५ प्रतिशतमात्र बजेट खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले महत्वकांक्षी योजनासहित २४ अर्बमाथिको बजेट ल्याएको थियो । त्यसमा अहिलेसम्म ६ अर्ब २४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो बजेट कार्यान्वयनमा आउन कठिन रहेको कांग्रेश संसदीयदलका नेता कृष्णचन्द्र नेपालीको टिप्पणी छ । यसैगरि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले आफै राजस्व संकलन गर्न नसक्ने प्रदेश सरकारको बजेटमा कुनै तुक नभएको निराशा व्यक्त गरे । 

 

 

Comments