गाउँपालिका स्तरिय प्रतियोगितामा चण्डीडाँडा मा वि विजयी
Posted on: Jun 17, 2019

असार २ फेदीखोला । स्याङ्जाको फेदीखोला गाउँपालिकामा गाउँपालिका विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चण्डीडाँडा मा वि विजयी भएको छ ।

फेदीखोला गाउँपालिकाको आयोजनमा सम्पन्न भएको प्रतियोगितामा सिद्धार्थ मा वि लाई लगातार तेस्रो सेटमा पराजित गर्दै चण्डीडाँडा मा वि. ले ट्रफि, मेडल, प्रमाणपत्र र नगद ३० हजार प्राप्त गरेको छ । भने उपविजेतामा चित्त बुझाएको सिद्धार्थले ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु. १५ हजार प्राप्त गर्यो ।

‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने नाराका साथ सिद्धार्थ मा.वि. को खेल मैदानमा सम्पन्न प्रतियोगितामा ७ सामुदायिक र २ संस्थागत गरि ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वार्ड अध्यक्ष, वार्ड सदस्यहरु, विद्यालयका प्र.अ., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षक प्रतीनिधि, स्थानिय, खेलप्रेमी , विद्यार्थी लगायतको उपस्थिती रहेको  कार्यक्रम संयोजक रामचन्द्र गुरुङले जानकारी दिए ।

Comments