एसईईको नतिजा सार्वजनिक गर्न आज दिउँसो १ बजे बोर्डको बैठक बस्दै
Posted on: Jun 27, 2019


पोखरा,१२असार।माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो १ बजे बैठक बोलाएको छ ।
नतिजा सार्वजनिक गर्नु अगाडि बोर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणिपौडेलले आज १ बजे बोर्डबैठक बोलाइएको बताए।
नतिजा प्रकाशन गर्ने सबै तयारी पूरा भइसकेको र बोर्डले निर्णय गरै आजै नतिजा प्रकाशन गरिनेपरीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए।मंगलबार पनि बोर्डको बैठक बसेको थियो। उक्त बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाव दिएको थियो।
मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको हो।
नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।
एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ। यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।

 

Comments