​नेपालले मलेसियासँग टी- २० सिरिज खेल्ने
Posted on: Jun 28, 2019

असार १३ पोखरा ।  सिंगापुरमा हुने आईसीसी विश्वकप एसिया टी ट्वान्टी छनोट अघि नेपालले मलेसियासँग दुई टी ट्वान्टी सिरिज खेल्ने भएको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग द्विपक्षीय टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपालले गत माघमा युएईसँगको सिरिजपछि पहिलो पटक टी(ट्वान्टी सिरिज खेल्न थालेको नेपालले यही असार २८ र २९ गते मलेसियाको ओभल क्रिकेट मैदानमा दुई टि २० सिरिज खेल्ने मलेसियन क्रिकेट बोर्डले शुक्रबार सार्वजनिक गरिएको तालिकामा उल्लेख गरिएको छ । 

प्रतियोगिताको विजेताले ग्लोबल छनोट खेल्न पाउने छ । २५ सदस्य टोली सहित बन्द प्रशिक्षणमा रहेको नेपाली टोली अन्तिम १८ सदस्य टोली घोषणा गर्ने तयारीमा छ । यस नेपाललाई प्रतियोगिताको उपाधि दाबेदार मध्येको एक मानिएको छ ।

Comments