विशालु च्याउ खाँदा मकवानपुरका १ जनाको मृत्यु, ३ बेहोस
Posted on: Jun 28, 2019

असार १३ पोखरा । विषालु च्याउ खाँदा पश्चिम मकवानपुरमा  १ जनाको मृत्यु भएको छ । भने तीन जना सिकिस्त परेका छन । 

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा एकै परिवारका उनिहरुले तीन दिन अघि खाएको जंगली च्याउ कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो । 

उनको बुबा ४५ वर्षका दीपबहादुर, दाई १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएका प्रहरीले जनाएको छ ।

Comments