पोखरामा असार तेस्रो साता चरा उत्सव हुने
Posted on: Jun 29, 2019

शशी पौडेल
असार १४ पोखरा । पोखरा पंक्षी समाज, कास्कीको आयोजनामा चराको संरक्षण एवं पर्यापर्यटनमा प्रर्वधन गराउने उद्देश्यले पोखरामा चरा उत्सव हुने भएको छ । 
 
समाज कास्कीले पोखरामा आज पत्रकार सम्मेलको आयोजना गरि यही असार १९ देखी २१ गते सम्म लेकसाइडमा नेपाल चरा उत्सव हुने जानकारी दिएको हो । तीन दिनसम्म चल्ने उत्सव हुने कार्यंक्रम लेकसाइड स्थित गौरीघाट पार्कमा हुने समाजका अध्यक्ष घिमिरेले जानकारी दिए । 
 
पोखरामा चार सय बढी प्रजातीका चरा रहेको तथ्याङ्क सार्वजनीक, असार तेस्रो साता पोखरामा चरा उत्सव हुने । 
 
उत्सवमा नेपाल भरिका चरा अनुसन्धान तथा संरक्षण गर्ने ४० भन्दा बढी संस्थाको सहभागिता रहने छ । सो अवसरमा ४ सय  ६७ प्रजातीका चराहरु रहेको चराहरुको तथ्य सहित पोखरा उपत्यकाका चराहरु नामक पुस्तकको बिमोचन गरिने कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ । 
 
पोखरा उपत्यकामा करिव ४ सय प्रजातिका चराहरु रहेका छन । भने सन २०११ देखि नै कास्कीमा गिद्ध संरक्षणका कार्यक्रमहरु भइरहेका छन । सन २०१५ बाट पोखराको सहरी क्षेत्रभित्र चराहरुको अध्यन अनुसन्धान गरिएको संस्थाका अध्यक्ष मनोशान्त घिमिरेले बताए । सन् २०१८ मा पहिलो पटक मिलेनियम पदमार्गको अध्ययनका लागि चराहरुको अनुसन्धान गरि चराहरुको नामावली समेत प्रकाशित गरिएको थियो ।  
 
कार्यक्रम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, उद्योग पर्यटन वन तथा वातावरण लगाएतको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको  घिमिरेले जानकारी दिए ।

Comments