​स्टेप बाई स्टेप मा. वि. मासबारमा बधाई
Posted on: Jul 02, 2019

पोखरा,१७ असार।।
स्टेप बाई स्टेप मा. वि. मासबार, पोखराले एक कार्यक्रम गरी २०७५ को एसइईमा सम्मिलित भई उत्तीर्ण विद्यार्थीलाई बधाई व्यक्त गरेको छ । 
विद्यालयकी संस्थापक प्राचार्य निर्मला बरालले एसइई परीक्षामा सम्मिलित सबै ७३ जना विद्यार्थी उत्कृष्ट गे्रड सहित उत्तीर्ण हुन सफल भएकोमा हार्दिक बधाइ प्रदान गर्दै उज्जवल शैक्षिक भविष्यको कामना गर्नुभयो । साथै उहाँले दश कक्षामा जस्तै मिहिनेत र लगावका साथ अध्ययन गरी आगामी दिनमा पनि राम्रो गर्ने शुभकामना दिनुभयो । 
संस्थापक निर्देशक रमाकान्त बरालले कक्षा ११ मा आफुले इच्छा गरेको र राम्रो गर्न सक्ने विषय लिई अध्ययन गर्न र आपूmले सिकेको ज्ञान र सीपलाई व्यवहारमा ल्याई आफ्नो राष्ट्रको सेवा गर्न आग्रह गर्नुभयो । 
कक्षा ११,१२ का फिजिक्सका शिक्षक एवं उपप्रध्यापक मिनराज लम्सालले स्टेप बाई स्टेप यस क्षेत्रको एक उत्कृष्ट विद्यालय रहेकाले धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको कुरा बताए । साथै उनले यहाँ अध्ययन गरेका थुप्रै विद्यार्थीहरुले आइओएम, इन्जिनियरिङ, कृषि विज्ञान आदिमा पूर्ण छात्रवृत्तिमा समेत नाम निकाली अध्ययन गर्न सफल भएको कुरा बताए । 
कार्यक्रममा सह प्राचार्य दिपकगिरी,कक्षा११,१२ का संयोजक सञ्जय बराल, विमल देवकोटा, सूर्यप्रसाद लम्साल, छात्रा निकिता गुरुङ लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

Comments