​देविलाल सापकोटा स्मृति समाजसेवी सम्मान गंगबहादुरलाई
Posted on: Jul 02, 2019


पोखरा, १७ असार । देविलाल सापकोटा स्मृति समाजसेवी सम्मानबाट पोखरा–२५ हेमजाका समाजसेवी गंगबहादुर कुँवरलाई सम्मान गरिएको छ ।
लायन्स क्लब अफ पोखरा लालिगुरासले सोमबार एक कार्यक्रमको आयोजना गरी समाजसेवी गंगबहादुर कुँवरलाई सम्मान गरेको हो ।
स्वर्गीय सापकोटाका परिवारले स्थापना गरेको अक्षयकोषबाट कुँवरलाई सम्मान गरिएको हो । कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिना, लायन्स क्लब ३२५ वि वान कलस्टर १० का कलस्टर प्रमुख पृथ्वीराज तिमिल्सिना, अक्षयकोषदाता हरिकाला सापकोटा, लायन्स क्लब पोखरा लालिगुरासका वर्ष २०१९÷२० का अध्यक्ष मिनराज तिमिल्सिनाले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका थिए ।
त्यसैगरी कार्यक्रममा क्यान्सर पिडित पोखरा–२५ हेमजा निवासी लिला परियारलाई लायन्स क्लब अफ पोखरा लालिगुरासबाट २८ हजार ५ सय ५५ रुपैया सहयोग गरिएको थियो । कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुरासको वर्ष २०१९÷२० को पदस्थापना पनि गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै वर्ष २०१८÷१९ का सचिव कपिदेव शर्मालाई वर्ष २०१८÷१९ का अध्यक्ष धर्म भण्डारीले अवार्डबाट सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले समाजिक क्षेत्रमा काम गर्नका लागि लायन्स क्लबबाट सवैले पाठ सिक्नु पर्ने बताए ।
उनले क्लबले एक उत्कृष्ट समाजसेवीलाई सम्मान गरेको बताउँदै यसले अरुलाई पनि समाजिक क्षेत्रमा क्रियाशिल वन्न सहयोग बनाउने उल्लेख गरे ।
लायन्स क्लब ३२५ वि वान कलस्टर १० का कलस्टर प्रमुख पृथ्वीराज तिमिल्सिनाले सम्मान र सहयोगले क्लबको उचाई बढेको बताए । सम्मानित व्यक्तित्व गंगबहादुर कुँवरले सम्मानले आफुलाई झल काम गर्ने उर्जा मिलेको बताए ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुरासका संस्थापक अध्यक्ष केशवशरण पौडेल, अक्षयकोषदात तथा वर्ष २०१९÷२० का सचिव प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विनोदप्रसाद त्रिपाठी, लायन्स क्लब अफ पोखरा वर्किड्ड टुगेदरका अध्यक्ष शंकर आचार्य, लायन्स क्लब अफ पोखरा लालि गुरासका द्धितीय उपाध्यक्ष कपिलदेव शर्माले बोलेका थिए ।
 लायन्स क्लब अफ पोखरा लालिगुरास वर्ष २०१९÷२० का अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष भरतराज पराजुलीले स्वागत र पूर्व अध्यक्ष अनन्त अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
 

Comments